काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा २ कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन्।

धितोपत्र बोर्डमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका हुन्। यी दुवैले गत साउन १३ गते आवेदन पेस गरेका छन्। 

उपकार लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँ र रिभर फल्सले ३४ करोड ३० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेका छन्। 

धितोपत्र बोर्डले अनुमति दिएमा उपकार लघुवित्तले १०० अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नेछ। धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यसैगरी बोर्डको अनुमति पाएमा रिभर फल्सले आयोजना प्रभावित र सर्वसाधारणका लागि १०० अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।