काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको भुक्तानी लिन बाँकी नगद लाभांश बुझिलिन आउन आग्रह गरिएको छ।
सिटिजन्स क्यापिटलले आज एक सूचना प्रकाशित गरी सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२को लिन बाँकी नगद लाभांश बुझिलिन आउन आग्रह गरेको हो। क्यापिटलले विभिन्न आर्थिक वर्षको भुक्तानी लिन बाँकी नगद लाभांशबापत रकम लिन आउन आग्रह गरेको छ।
बाँकी नगद लाभांश लिन आउँदा बैंक खाता अद्यावधि गर्न वा आवश्यक कागजातसहित सप्रमाण कम्पनीको सेयर रजिस्ट्रार सिटिजन्स क्याटिलको काठमाण्डौको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख छ।
नगद लाभांश भुक्तानी लिन बाँकी इकाइधनीहरुको विवरण सिटिजन्स क्यापिटलको वेबसाइटमा पनि राखिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19