काठमाण्डौ । हाल ३ वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरिरहेका छन्।
सिजिटन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफलले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरुका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका हुन्।
सीडीएस एन्ड क्लियरिङका अनुसार रिलायबल नेपाल लाइफको आईपीओ १.१७ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ भने सिटिजन र सन नेपालको आईपीओ अझै पूर्ण बिक्री भइसकेका छैनन्। बिहीबार साँझ ५ बजेसम्म रिलायबल नेपाल लाइफको १.१७ गुणा बढी आवेदन परिसकेको छ। रिलायबल नेपालको आईपीओमा कुल १९ हजार ५९५ जनाले १४ लाख १३ हजार ५५० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको आईपीओमा हालसम्म ३६ करोड ३२ लाख ८२ हजार ३५० रुपैयाँ संकलन भएको छ।
कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल १२ लाख कित्ता आईपीओ जारी गरेको हो।
त्यस्तै सिटिजन लाइफको आईपीओ भने ३.१० प्रतिशत अझै बिक्री हुन बाँकी रहेको छ। कम्पनीको आईपीओमा कुल १५ हजार ५४० जना आवेदकले १० लाख ९१ हजार ११० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको आईपीओमा २६ करोड ६२ लाख ३० हजार ८४० रुपैयाँ संकलन भइसकेको छ। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ११ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
यसका साथै सन नेपाल लाइफको आईपीओ पनि अझै ११.७६ प्रतिशतले बिक्री हुन बाँकी रहेको छ। कम्पनीको आईपीओमा कुल १३ हजार ५०९ जना आवेदकले ८ लाख ५८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि कुल ९ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।
तीनवटै कम्पनीको आईपीओमा सी–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत आवेदन दिन सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago