काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले विभिन्न ३ वटा हाइड्रोपावर कम्पनीहरुलाई निष्कासनकर्ताको रेटिङ प्रदान गरेको छ। 

इक्राले मिड सोलु हाइड्रोपावर लिमिटेडलाई (इक्राएनपी–आई) बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। 

त्यस्तै इक्राले गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडलाई (इक्राएनपी–आई) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। 

यसैगरी इक्राले एपेक्स मकालु हाइड्रोपावर लिमिटेडलाई (इक्राएनपी–आई) बीबी माइनस निष्कासनकर्ता रेटिङ नै प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।