 
                     
                                
                             
                                    काठमाण्डौ । दुई जलविद्युतसहित ३ कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ।
अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्टर र मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम म्याद रहेको हो। सेयरधनीहरुले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
अरुण काबेलीले गत भदौ ११ गतेबाट चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको छ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत असार २५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।
हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ।
अरुण काबेली पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
यसैगरी सिनर्जी पावर डेभलपमेन्टले गत भदौ ३ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा गत भदौ २४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, सञ्चालक समितिले यो अवधिभित्र छुटेका सेयरधनीहरुका लागि आवेदन दिन आज भदौ ३१ गतेसम्म म्याद थप गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
हकप्रद सेयर बिक्रीपछि सिनर्जी पावरको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनी गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।
सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
यसैगरी मल्टीपर्पस फाइनान्स कम्पनीले गत भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयरमा खरिद आवेदन दिन पाउनेछन्।
यी तीनै कम्पनीका सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन खरिद आवेदन दिन सकिनेछ। त्यसैले कम्पनीहरुले तोकेका अन्य स्थानबाट पनि आवेदन दिन पाउनेछन्।
 
                            
                            
                                                            
                                 
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19