Internet Photo
गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ । तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र गुणस्तरमा ह्रास ल्याएको छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ५ बानी यी हुन् :
अगाडिको गोजीमा मोबाईल राख्ने : धेरै पुरुषले आफ्नो सजिकाको लागि पाइन्टको अगाडिको पकेटमा मोबाईल राख्छन । तर यसले बीर्य निस्काशनमा असर गर्छ । मोवाईललाई जति पेल्बिसनजिक राखिन्छ स्वस्थ वीर्य उत्पादनमा हानी गर्ने त्यति नै प्रबल सम्भावना हुन्छ । तसर्थ पछाडिको गोजी वा झोलामा मात्र मोवाईल राख्नुहोस् ।
तनाब : तनाबले शरीरको विभिन्न कार्यलाई प्रभाव गर्छ । तीमध्ये प्रजनन स्वास्थ्यमा पनि निकै अशर गर्छ । बढि तनाब लिने मानिसको वीर्य असामान्य आकारको हुने अध्ययनले देखाएका छन् । असामान्य वीर्यको गुणस्तर पनि न्यून हुने गर्छ ।
धुमपान : विभिन्न अध्ययनहरुमा यो पनि पाइएको छ कि कुनै पुरुषले जति चाँडो धुमपान त्याग्छ, त्यति नै छिटो स्वस्थ वीर्य उत्पादनको सम्भावना बढी हुन्छ ।
बढी तौल : बढी तौल भएका वा मोटा मानिसको वीर्यको गुणस्तरमा ह्रास आउने गरेका विभिन्न अध्ययनले देखाएका छन् । मोटोपनले महिला यौन हर्मनएस्ट्रोजनलाई तीब्र पार्छ । अत्यधिक तौलले लिंग उत्तेजनामा पनि समस्या उत्पन्न हुन्छ ।
तापमा एक्सपोज : तापमा अत्यधिक एक्सपोज भएमा पनि वीर्यको गुणस्तरमा असर गर्छ ।
एजेन्सीबाट साभार
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago
7 months ago