काठमाण्डौ । अहिले नेपालको सेयर बजारमा आकर्षण बढेको छ। गृहिणी, विद्यार्थीदेखि ठूलठूला व्यापारीहरु पनि सेयर बजारमा भित्रिएका छन्।
कोभिड महामारी र अन्य व्यवसायमा सुस्सता आएपछि धेरै रोजाइ सेयर बजार परेको छ। सेयर बजारमा थोरै रकमबाट प्रवेश गर्न सकिने भएकोले आमसर्वसाधारणको पहुँच यो बजारसम्म पुगेको छ।
अहिले चिया पसलदेखि घरघरमै सेयर बजारको चर्चा हुने गरेको छ।
पैसा कमाउने लक्ष्य सबैको हुन्छ। तर धेरैजसोमा पैसाले पैसा तान्ने भन्दै ठूलो धनराशि चाहिने भन्ने मानसिकता रहेको पाइन्छ। सेयर बजारमा थोरै लगानीबाट मनग्य कमाउन सकिन्छ।
थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सक्ने ठाउँ भनेको सेयर बजार नै हो। यसका लागि केही आधारभूत नियमहरुमा भने ध्यान दिन आवश्यक हुन्छ।
यहाँ हामी यस्तै ५ गोल्डेन टिप्सका बारेमा चर्चा गर्न गइरहेका छौँ। यी नियम विश्व सेयर बजारका ठूला लगानीकर्ताले अपनाउने गरेका छन्।
१. समयको प्रतीक्षा नगर्नुहोस्
दिग्गज लगानीकर्ता वारेन बफेट सेयर बजारमा लगानीका लागि हरेक बेला सही समय हुने बताउँछन्। त्यसैले लगानीका लागि सही बेलाको प्रतीक्षा गर्नुपर्दैन। यदि कुनै राम्रो कम्पनीको सेयर अनुकूल मूल्यमा छ भने लगानी सुरु गर्नुपर्छ।
त्यतिबेला सेयर बजारमा गिरावट आएको भए पनि पर्वाह गर्नुहुँदैन। आमलगानीकर्ता सही समयको पर्खाइमा लगानी गर्ने सोच बनाउँदैनन्। त्यही समय बित्छ तब बजारको चाल हेरेर उचाइमा पुगेको सेयर बजारमा लगानी गर्छन्, अनि घाटा उठाउँछन्।
२. अरुलाई हेरेर लगानी नगर्नु
यदि कोही यो कारणले सेयर बजारमा लगानी लगाइरहेका छन् कि अन्यले यसमा पैसा लगाइरहेका छन् भने घाटा हुन सक्छ। सेयर बजारमा सफल हुनलाई अरुलाई पछ्याउनु हुँदैन। वारेन बफेटका अनुसार जब अरु लालचमा आइरहेका छन् भने तपाइँ सतर्क हुनुहोस्। अनि जब अरु सतर्कता अपनाउने कोसिस गरिरहेका छन् भने तपाइँ कमाउनेबारेमा सोच्नुहोस्।
३. मूल्य होइन भ्याल्यू हेर्नुपर्छ
कहिल्यै पनि सेयरमा पैसा लगानी गर्दा पहिलो यो नहेर्नु कि यसको मूल्य धेरै छ र त राम्रो आम्दानी हुन्छ। कतिपय अवस्थामा ५० बाट १०० रुपैयाँ बीचको मूल्य भएको सेयर नै पछि मूल्यवान बन्न सक्छ, यदि त्यो कम्पनीको प्रदर्शन राम्रो रह्यो भने। भारतका दिग्गज लगानीकर्ता राकेश झुनझुनवाला कुनै पनि सेयरमा लगानी गर्नुअघि त्यो कम्पनीको प्रदर्शन हेर्न आवश्यक रहेको बताउँछन्। कम्पनीको प्रदर्शन राम्रो छ भने बजारमा उतारचढाव आउँदा पनि समस्या हुँदैन।
४. लाभांश दिने कम्पनीमा भरोसा
सेयर बजारमा लगानी गर्नुअघि कुन कम्पनीले नियमित लाभांश दिइरहेको छ बुझ्न आवश्यक छ। यदि कुनै कम्पनीले नियमित रुपमा लाभांश दिइरहेको छ भने यसको मतलब यो हो कि त्यो कम्पनीसँग क्यासको कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनीको प्रदर्शन पनि राम्रो हुन्छ। यस्तोमा यी कम्पनीको सेयरबाट तपाइँले आफ्नो लगानी तीव्रगतिमा बढाउन सक्ने सम्भावना बढी हुन्छ।
५. कम कर्जा भएको कम्पनीको सेयरमा लगानी
सेयरमा लगानी गर्नुअघि कुनै पनि कम्पनीको कर्जा कति छ भने बुझ्न आवश्यक हुन्छ। किनकि कम कर्जा भएको कम्पनीको क्यासलाई लिएर दबाब हुँदैन। यस्तो यी कम्पनीमा गरिएको लगानी डुब्ने सम्भावना ज्यादै कम हुन्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19