काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १६ गते) अन्तिम दिन रहेको छ ।
आज छिमेक लघुवित्त, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी ६ वटै कम्पनीले भोलि(पुस १७ गते) बुक क्लोज गर्न गईरहेकाले आजसम्म कायम सेयरधनी मात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । उक्त लाभांश आगामी पुस २९ गते आयोजना हुने संस्थाको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।
गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५०प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।
लाभांसको प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ ।
त्यस्तै लुम्बिनी विकास बैंकले गत आर्थिकको मुनाफाबाट ४प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पुस २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।
विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा आह्वान गरेको छ ।
यसैगरी सुपर मादी हाइड्रोपावरले गत आ.वका लागि २ प्रतिशत नगद लाभांश (कर बाहेक) र रुरु जलविद्युतले १०.५२६ प्रतिशत नगद लाभांसको घोषणा गरेका छन् । यी दुई कम्पनी अगामी पुस २८ गते र पुस २५ गते वार्षिक साधारण सभा डाकेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19