काठमाण्डौ । हरेक लगानीकर्ता निकै ठूलो कमाईको आशामा सेयरमा लगानी गर्छ, तर हात लाग्छ निकै न्यून रिटर्न मात्र । इक्वीटी इनभेष्टमेन्टले घरेलु तथा वैश्विक अर्थव्यवस्थाको वृद्धिमा सोझै सहयोग हुन्छ, यसले स्वयम् व्यक्तिको सम्पत्ति समेत बढ्छ । 

त्यसो त सदियौंदेखि यो पनि प्रमाणित भएको छ कि इक्वीटी नै सम्पत्ति कमाउने एउटा सर्वोत्तम तरिका हो । तर, यसमा नसोचेको नोक्सानी समेत व्यहोर्नुपर्ने हुनसक्छ भन्ने यथार्थलाई भूल्नुुुहुुन्न । त्यसो भए आखिर कुन विधिबाट इक्वीटी मार्केटमा लगानी गर्दा चाँदीकटाई होला त ? बजारका दिग्गज विज्ञहरुलाई मान्ने हो भने ९ सामान्य तरिकालाई पछ्याउन सक्ने हो भने एक सामान्य लगानीकर्ता सफल बन्नसक्छ । हेरौं बजारमा सफलता पाउने ९ सूत्र:

लगातार लगानीको चमत्कार
कुनै पनि सफल लगानीकर्ताको एक मुख्य विशेषता भनेकै उसले आफूले गरेको लगानीबाट प्राप्त नाफालाई पुनः लगानी गर्नु हो । उसलाई थाहा हुन्छ कि एक निश्चित अवधिपछि आफ्नो लगानी बढेर कयौं गुणा भइदिन्छ । हुन त यो सुन्नलाई जति सजिलो लाग्छ, लगानी कयौं गुणा बनाउन उति सजिलो छैन, यसका लागि कठोर अनुशासन र निश्चित अवधिसम्म कुर्नसक्ने क्षमता हुनुपर्छ । सुरुवातमा जब फाइदा हुँदैन, यस्तो बेलामै अधिकांश लगानीकर्ताले धैर्य गुमाइदिन्छन्, तर सफल लगानीकर्ता प्राय हतारो देखाउदैनन् र लामो समयसम्म बजारमा टिकिरहन्छन् । 

तर, यसको ठीक उल्टो कर्जा लिएर सेयरमा लगानी गर्नु घातक हुनसक्छ । उतारचढावले भरिपूर्ण बजारमा लगानीमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ, यस्तो बेलामा कर्जाको ब्याज समेत निकै बढ्न पुुग्छ । विज्ञहरुले निकै अप्ठ्यारो नपरुञ्जेलसम्म आफ्नो सेयर बिक्री गर्ने हतारो गर्न नहुने सुुझाव दिने गर्छन् । राम्रो कम्पनीमा लामो समय टिक्ने हो भने आफ्नो लगानी दुुईगुणासम्म बढ्नसक्छ । उत्कृष्ट सेयरबाट कमाई गर्ने मुुख्य मन्त्र धैर्यता रहेको उनीहरु बताउँछन् । 

हल्लामा ध्यान नदिने
जब सेयर बजारले शानदार बढोत्तरी हासिल गर्छ र सूचक एउटा नयाँ उचाईमा पुुग्छ त्यसबेला बजारमा निकै ठूलो खैलाबैला मच्चिने गर्छ । त्यस्तो बेलामा अनुुभवहीन मानिस सेयर खरीद गर्छन् र बिक्री गर्छन तथा कुनै अनुुभव नभए पनि अरुका अगाडि ठूला ठूला गफ हाँक्छन् । यो तरिका जूवाडेहरुसँग मिल्छ, असल लगानीकर्ताले यस्तो हर्कत देखाउँदैन । जुवाडेले सामान्यतया धेरै पैसा गुमाइरहेको हुन्छ, तर फेरि पनि जित्ने आशामा उसले जूवा भने खेल्न छाडिरहेको हुँदैन । 

लगानीअघि कम्पनीलाई बुुझ्ने
कतिपय अवस्थामा मानिस विजिनेशलाई बुुझ्दै नबुुझी सेयर खरीद गरिरहेका हुन्छन् । पछिल्लो समय नेपाली सेयर बजारमा अनेकौ कम्पनी आएका छन्, लाखौं सेयर सूचिकृत छन् । यस्तो भीडमा सही सेयर छान्नु चुनौतिपूर्ण हुन्छ । त्यसकारण कुनै पनि सेयर खरीद गर्नुअघि अध्ययन तथा विचारविमर्शको आवश्यकता पर्छ । जसरी हामी कमाईका लागि कलेजमा पढ्छौ र त्यहाँ प्रोफेशनल कोर्स गर्छौ, ठीक यसैगरी आफ्ना आसपासका विजिनेशमा ध्यान दिइरहने हो भने सेयर बजारमा शानदार कमाई गर्न सकिन्छ । 

बित्तीय स्वास्थ्य पत्ता लगाउने
कम्पनीको बित्तीय स्वास्थ्य पत्ता लगाउनसक्ने हो भने यसबाट सेयर बजारको गुणस्तरीय सेयर छान्न मद्धत पुुग्नेछ । विश्वकै चर्चित लगानीकर्ता वारेन बफेटले लगानीका आफ्ना २ महत्वपूर्ण सूत्रको बिषयमा बताएका छन् : एक कुनै पनि कम्पनीले लगातार गर्दै आएको खूद नाफाको प्रतिशत र दोश्रो मूल्य आम्दानी अनुपात(पीई रेसियो) । यसरी जुन कम्पनीको खूद नाफा लगातार बढ्दो क्रममा हुन्छ, त्यहाँ लगानी गर्नु उचित हुन्छ । बैंकको ब्याजदरभन्दा कम प्रतिशत नाफा गर्ने कम्पनीमा लगानी गर्नबाट बच्नुुपर्छ । कुनै पनि कम्पनीले कति वर्षमा लगानीकर्तालाई उसले गरेको लगानीमा निरन्तर लाभ दिन सुरु गर्छ भनेर पत्ता लगाउने विधि पीई रेसियो हो । अर्थात, कम भन्दा कम पीई रेसियो भएको सेयरमा लगानी गर्नु उत्तम मानिन्छ । पीई रेसियो १५ देखि २० गुणा भएका कम्पनीमा लगानी गर्नु राम्रो मानिन्छ । तर, कुनै कम्पनीको मूल्य तीव्र रुपमा लगातार बढिरहेको छ भने त्यसबेला पीई रेसियो मात्र हेर्नुुहुन्न, अन्य इण्डिकेटर हेरेर पनि लगानी गर्न सकिन्छ । 

लगानीको सही समयको छनौट
हामी किरानाका सामान तथा सब्जी खरीद गर्दा समेत हडबडाउँदैनौ, बरु यी वस्तु सस्तो हुने प्रतिक्षा गर्छौ र मूल्य कम भएको समयमा ठूलो परिमाणमा किनेर स्टोर गर्छौ । सेयर बजारमा समेत यही नीति अपाउनुुपर्छ । यसका लागि आफ्नो मन परेको कम्पनीको एउटा सूचि तयार गर्नुपर्छ र थोरै थोरै लगानी गर्न सुरु गर्नुपर्छ । जब मूल्य घट्छ, तब सेयर खरिदारी बढाउनुपर्छ  र त्यो बेला बिक्री गर्नुहोस्, जुन बेला तपाईका साथीभाई वा छिमेकीमाझ तपाईले खरीद गरेको कम्पनीको मात्र चर्चा सुरु हुनथाल्छ । 

उथलपुुथलमा धैर्य नगुमाउने
सफल लगानीकर्ता निकै धैर्यवान हुन्छ । उसले आफ्नो भावनालाई आफ्नो लक्ष्यमाथि हाबी हुन कहिल्यै दिंदैन । उसले बजारमा मच्चिने हलचलको कुनै पनि असर आफ्नो सेयरमा पर्न दिंदैन । सेयर बजार कमाईमा निर्भर हुन्छ । यसकारण बजारमा हलचल हुँदा राम्रो कम्पनीको सेयर थोरै मूल्यमा खरीद गर्ने अवसरको रुपमा बुुझेर सही लगानीकर्ताले त्यहीबेला आफ्नो खरिदारी बढाउँछ। 

छानबिन गर्ने
असल लगानीकर्ता सधैं आफ्नो लगानीको क्षमताको बिषयमा जानकार हुन्छ । उसले निकै गहन रिसर्च पनि गर्छ र कम्पनीको विश्लेष गर्छ । गुणस्तरमा समेत ध्यान दिन्छ र त्यस्तो कम्पनीमा लगानी गर्छ, जसको प्रोडक्ट्स तथा नीति उसलाई मन परेको होस् । यसरी एउटा लगानीकर्ताले आफ्नो रिसर्चको क्रममा जुन कुरा आत्माविश्वासहित निक्र्यौलको रुपमा निकाल्छ, त्यसमा धक फूकाएर उसले लगानी गर्छ । 

साना सेयरको लालचमा नफस्ने
राम्रो लगानीकर्ता बन्ने हो भने सानातिना सेयरको लालचमा फस्नुुहुन्न । सफल लगानीकर्ताले साना सेयरमा गरिएको लगानी डूूब्न पनि सक्छ भन्ने कुरा राम्ररी बुुझेका हुन्छन् । यस्ता सेयरमा फाइदा भन्दा बढी नोक्सानीको संभावना हुन्छ । त्यसकारण साना कम्पनीको सेयरबाट सधैं बच्नुुपर्छ । 

धेरै गञ्जागोल पोर्टफोलियो नबनाउने
लगानीकर्ताले सफलता प्राप्त गर्ने हो भने आफ्नो पोर्टफोलियोलाई धेरै गञ्जागोलपूर्ण बनाउनुुहुन्न । आफ्नो पोर्टफोलियोलाई विभिन्न प्रकृतिका कम्पनीहरुको सेयरले भरिपूर्ण बनाउनुहोस् र निकै सोचविचार गरेर मात्र लगानी गर्नुहोस् । राम्रो लगानीकर्ताले बारम्बार आफ्नो रणनीति कहिल्यै परिवर्तन गर्दैन, उसको ध्यान भविष्यकेन्द्रीत हुन्छ । उसलाई थाहा हुन्छ कि कम्पनीबाट पाउने लाभांशलाई पुनः लगानीको रुपमा लगाउँदा त्यसबाट राम्रो कमाई गर्न सकिन्छ ।