मानसिक तनाव बढेसँगै शरीरमा रक्तचापको मात्रा बढ्छ । तनाव समयमै व्यवस्थापन गरिएन भने यसले अर्को रोग निम्त्याउँछ । तनाव व्यवस्थापनका विभिन्न तरिका हुन्छन् । केही विधिबाट तनावले उत्पन्न प्रभावलाई न्यून गर्न सकिन्छ । तनाव न्यून गर्न वा यसबाट मुक्ति पाउन प्राकृतिक जडिबुटि वा बिरुवा पनि प्रभावकारी साबित भएका छन् ।
तुलसी : तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हँुदै आएको छ । यसले दिमाग शान्त बनाउछ । दिमागको कमजोरीबाट मुक्त गर्छ र मुडलाई आनन्द प्रदान गर्छ । एक गिलास पानीमा २ देखि ३ एमएल तुलसीको थोपा मिसाएर पिउँदा तनाव व्यवस्थापनमा धेरै सहयोग गर्छ । तुलसीलाई चियाको रुपमा वा पत्ता पनि खान सकिन्छ । दैनिक ८ देखि १० ओटा तुलसीको पात चपाउँदा तनाव न्यून हुन्छ ।
क्यामोमाईल : बाबरीसमेत भनिने यो जडिबुटि तनावबाट बँच्न निकै प्रभावकारी र महत्वपूर्ण मानिन्छ । यसलाई चियाको रुपमा पनि खान सकिन्छ । बाबरीको सुकेको फूलको धुलोलाई पिसेर खान सकिन्छ । दिनहुँ आधा चम्चा यसको धुलो एक गिलास तातो पानीमा मिसाएर पिउँदा तनावबाट मुक्ति दिलाउँछ । निदाउन नसक्ने मानिसका लागि यो निकै प्रभावकारी मानिन्छ । सुत्नुअगाडि दिनहुँ यो पानी पिउँदा गहिरो निद्रा लाग्छ ।
अश्वगन्धा : आर्युवेदमा तनाव अन्त्य गर्ने सबैभन्दा महत्वपूर्ण औषधिको रुपमा अश्वगन्धालाई मानिन्छ । यसले तनावबाट शान्त पार्ने, चिन्ता घटाउने र दिमागमा प्रतिरोधी क्षमता बढाउछ । यसलाई सुख्खा वा झोलको रुपमा प्रयोग गर्न सकिन्छ । दिनमा दुईदेखि तीनपटक अश्वगन्धा खाँदा यसले राम्रो परिणाम दिन्छ । तनावका अतिरिक्त यो पुरुष र महिला उर्वरतामा पनि प्रयोग हुन्छ ।
प्यासन फलावर : तनाव अन्त्य गर्न तथा गहिरो निद्राका लागि प्यासनको फूल पनि उत्तिकै प्रभावकारी हुन्छ । यसलाई चियाको रुपमा वा तातो पानीमा यसको फूलको धुलोलाई मिसाएर खान सकिन्छ । फूलबाट निस्कने रसलाई तपाईंले नुहाउने पानीमा मिसाउँदा दिमागलाई आराम मिल्नुका साथै फूर्तिलो पनि बनाउँछ ।
लाभेन्डरको फूल : हल्का निलो रंगको सुगन्धित र वासनायुक्त यो फूलले आनन्द र तनावबाट मुक्त गराउँछ । यसको सुख्खा पातलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई तेलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । शरीरमा छर्किने अत्तर पनि यो फूलबाट बनाइन्छ । तेलको रुपमा यसलाई घस्दा तनाव र चिन्ता अन्त्य गर्छ।
-Agency
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago