-धर्म मलाशी
काठमाण्डौ । बिजशालाको नियमित साप्ताहिक स्तम्भ ग्राउन्ड जिरोको सिलसिलामा आज हामी बानेश्वर र अनामनगरका केही ब्रोकर हाउसमा पुुगेका थियौं । 

पहिला बानेश्वरमा अवस्थित लिन्च स्टक मार्केट लिमिटेडमा पुुगेका थियौ । चारदिन पश्चात आज नेप्सेको सेयर कारोबार खुुल्दै थियो । हामी लिन्च स्टक मार्केट पुुग्दा लगानीकर्ता निरन्तर घटिरहेको बजार आज बढ्ने अनुुमानसहित जम्मा भइसकेका थिए । केही लगानीकर्ताहरु आज मार्केट बुुम हुुने प्रक्षेपण गरिरहेका थिए भने केही घटिरहेको सेयर बजारको जोडघटाउमा व्यस्त थिए । 

लगानीकर्ता उत्सुुक भई बजारको गतिबिधि नियाल्न व्यग्र प्रतिक्षामा बसिरहेका दखिन्थे । यत्तिकैमा त्यहाँ रहेको डिस्प्ले स्क्रिनमा नेप्सेको कारोबार चलायमान हुुन थाल्यो । सुुरुवातमै लगानीकर्ताको अपेक्षाविपरीत नेप्से इन्डेक्सले ओरालो यात्रा सुुरु गर्यो । १४३५ बाट आफ्नो यात्राको थालनी गरेको नेप्से इन्डेक्स समयको अन्तरालसँगै निरन्तर ओरालो लाग्दै गएको देखियो । प्राय सबै जसो कम्पनीका सेयर मूल्यमा रातो रंग पोतिएका देखिन्थे । 

कम्पनीका सेयर मूल्यमा गिरावट आइरहँदा लगानीकर्तामा सेयरको मूल्य बढेको बेला सेयर नबेचेकोमा पछुुताइरहेका थिए । “अस्ति नै फाल्नुु पर्ने रहेछ, करेक्सन मात्रै होला भनेर होल्ड गरियो, अहिले यस्तो पहिरो गइराछ ।” एक लगानीकर्ताले घटिरहेको आफ्नो सेयर मूल्य प्रति इंगित गर्दै भने । उनीसँगै स्वर मिलाउँदै अर्का लगानीकर्ताले भने “के गर्नुु हजुुर यो सेयर बजारले त डुुबाएरै छोड्ने भयो । किन्ने बेला सुुनको भाउमा किनियो अहिले गुुन्द्रुकको भाउमा बेच्नु परिराछ ।” 

लगानीकर्ताको गन्थन सुुन्दै डिस्प्ले स्क्रिनमा नजर डुुलाउँदा नेप्से इन्डेक्सको ओरालो लाग्ने क्रम जारी नै थियो । यत्तिकैमा एक लगानीकर्ताले भारतको येस बैंक डुुबेको चर्चा गर्दै केही नेपाली बैंकहरुको पनि यस्तै हविगत हुुन सक्ने अनुुमान लगाएका सुुनियो । अग्रपंक्तिमा बसेका एक लगानीकर्ताले संगै बसेका सहपाठीलाई “बजार बढेका बेला अझै बढ्ला भन्ने लोभले बेचिएन । अहिले त्यहि लोभले एता न उताको बनाउने भयो ।” भनेको पनि सुुनियो । “यो त टेलर मात्रै हो, हेर्दै जानुस् बजारको यो परिदृश्यमा कतिजना हराउने हुुन् । समयले पछि बताउनेछ ।” उनी संगै रहेका लगानीकर्ताले मुुख खोले । 

करीब आधा घण्टा जति त्यहाँ व्यतित गरेर हामी अनामनगरमा रहेको कालिका सेक्युुरिटिज पुुग्यौ । हामी त्यहाँ पुुग्दा नेप्से इन्डेक्स घट्दै १३८० को विन्दुुमा झरिसकेको थियो । हामी त्यहाँ पुुगेको केहीबेरमा नै नेप्से इन्डेक्स ४ प्रतिशतले घटेर १३७८ मा पुुग्यो र नेप्सेको कारोबारमा नेगेटिभ सर्किट लाग्यो । नेप्से कारोबारमा नेगेटिभ सर्किट लागेपछि त्यहाँ रहेका केही लगानीकर्ता लुुडो खेलिरहेका देखिए भने केही लगानीकर्ता ब्रोकर हाउसबाट हिँडेका देखियो । 

एक महिला लगानीकर्ताले बजार घटिरहेकाले अब धेरै घाटा खाइरहन नसकिने बताउँदै नेप्से कारोबार खुुले पश्चात सेयर बेच्ने योजना बनाएको सुुनियो । “उसै त बजारमा बिक्री चाप धेरै छ । सबैले बेच्न मात्रै थाले भने मार्केट क्र्यास हँुुदैन । यस्तो बेला त संयमित भएर पाइला चाल्नुुपर्छ ।” ब्रोकर हाउसका एक प्रतिनिधिले लगानीकर्ताको छलफलमा सामेल हँुुदै भने । “सेयर जति सबै ब्रोकरले बेचेर सिद्दाइसके । खै फ्लोरसिट ल्याउनुुस त ।” लुुडो खेल्दै गरेका एक लगानीकर्ताले ब्रोकर हाउसका प्रतिनिधिप्रति संकेत गर्दै भने । 

यसैबीच, लगानीकर्ताले प्राइम लाइफ इन्स्योरेन्सले बोनस दिएको चर्चा समेत गरेका सुुनियो । नेगेटिभ सर्किट लागेपछि बन्द भएको नेप्से कारोबार करीब २० मिनेटको अन्तरालपछि पुुनः सुुचारु भयो । लगानीकर्ताको ध्यान पुुुःन डिस्प्ले स्क्रिनतर्फ मोडियो । कारोबार पुुनः सुुचारु भएसंगै नेप्से इन्डेक्समा तीव्र गिरावट देखियो । सबैजसो कम्पनीका सेयर मूल्यमा पहिरो गइरहेको थियो । केहीबेरमा नै नेप्से इन्डेक्स फेरी ५ प्रतिशतले घटेर पुुनः दोश्रो पटक सर्किट लाग्यो । लगातार नेगेटिभ सर्किट लागेपछि लगानीकर्ताको अनुहारमा निराशाका काला बादलहरु मडारिएको प्रष्टै पढ्न सकिन्थ्यो । यही बीचमा पीडा भूलाउने भन्दै केही लगानीकर्ता फेरि लूडो खेल्न थाले । खेलिरहेकातर्फ व्यंग्य गर्दै एक लगानीकर्ताले भने “यस्तै हो कोही पीडा भूलाउन लूडो खेल्छन्, कोही रक्सीको साहारा लिन्छन् ।”  

“आज बजारमा व्यापक गिरावट आउनुुको कारण कोरोनाको प्रभाव हो त ?” एक लगानीकर्ताले प्रश्न गरेको सुुनियो । हुुनसक्छ कोरोनाको त्रास फैलाएर सेयर बजार घटाएर नाफा खाने दाउमा लागेका पनि हुुन सक्छन । यसै भन्न सकिदैन । उनको उत्तर दिंदै पछाडि सिटमा बसेका लगानीकर्ताले आफ्नो अनुुमान सुुनाए । उनले भने “विश्व सेयर बजार कोरोनाले गर्दा डामाडोल भएको बेला त्यसको छिटा नेपालको सेयर बजारमा पनि परेको हुुनसक्छ । भारतको सेयर बजारमा पनि अहिलेसम्मकै ठूलो गिरावट आएछ ।”

नेप्से कारोबारमा सर्किट कायमै थियो । हामीले कालिका सेक्युुरिटिजबाट अनामनगरमै रहेको भिजन सेक्युुरिटिज जाने निर्णय गर्यौ । हामी भिजन सक्युुरिटिज पुुग्दा नेप्से कारोबार ठप्पै थियो । लगानीकर्ता निराश मुुद्रामा भेटिए । सेयर बजारमा देखिएको यो अस्वभाविक गिरावटले उनीहरुको मनोबलमा कमी आएको देखिन्थ्यो । यो उनीहरुले गरेका आपसी छलफल र उनीहरुको बडिल्याङ्वेजबाट प्रस्टै बुुझ्न सकिन्थ्यो । 

लगानीकर्ता चियाको चुुस्की लिदै नेप्से कारोबार पुुन सञ्चालन हुुने प्रतिक्षामा बसिरहेका थिए । कारोबार ठप्प भएकाले ट्रेडिङ फ्लोरका स्टाफहरु पनि फुुर्सदिला देखिन्थे । लगानीकर्ताहरु बजारमा आएको पहिरो बारेमा आ–आफ्ना धारणा प्रस्तुुत गरिरहेका थिए । केहीले यसलाई कोरोनाभाइरसको प्रभाव भन्दै गरेको सुुनियो भने केहीले अनलाइन कारोबारमा भएको बदमासीको कारण यस्तो भएको बताइरहेका थिए । 

छलफलकै क्रममा एक लगानीकर्ताले ठट्यौली पारामा भने “कारोबारमा यसैगरी गिरावट आइरहे सरकारले सेयर संकटकाल घोषणा गरी केही समयका लागि सेयर कारोबार बन्द गर्नुुपर्छ । यसो गरे लगानीकर्ता थप घाटा खानबाट त बच्ने थिए ।” उनको कुुरा सुुनेर निराश भएका लगानीकर्तामा केही भए पनि हाँसो देखियो । “त्यस्तो दिन पनि नआउला भन्न सकिदैन ।” हास्दै अर्का लगानीकताले भनेको सुुनियो । “सेयर बजार घटेको घट्यै छ अब सुुनमा लगानी गर्नुु पर्छ कि के हो ?” छलफलमा सरिक हँुुदै एक महिला लगानीकर्ताले भनेको सुुनियो । ‘सुुन पनि छुुइसक्नुु कहाँ छ र म्याडम ? सुुन किन्यो यता सेयरको मूल्य बढ्छ अनी महंगोमा किनेको सुुन बेच्नुुुपर्दा फेरि सुुनको मूल्य घट्छ ।’  संगैका लगानीकर्ताले महिला लगानीकर्तालाई हेर्दै भने।

नेप्सेमा लागेको दोश्रो नेगेटिभ सर्किटको ४० मिनेटपछि नेप्से कारोबार पुुनः सुुचारु भयो । सबै लगानीकर्ताको अनुुमान झै केहीबेरमै नेप्से कारोबारमा पुुःन नेगेटिभ सर्किट लाग्यो । नेप्से इन्डेक्समा ६ प्रतिशतको गिरावट देखियो । आज एकै दिन नेप्से कारोबारमा तीनपटक नेगेटिभ सर्किट लागेपछि आजका लागि नेप्से कारोबार ठप्प भयो । कारोबार ठप्प भएपछि लगानीकर्ता निराश र हतोत्साहित मुुद्रामा ब्रोकर हाउसबाट निक्लेका देखियो । जाँदा जाँदै  केही लगानीकर्ताले नेप्से ९०० सम्मको हाराहारीमा आउने अनुुमान समेत गरिरहेका थिए । 

यसरी आज तीनपटक नेप्से कारोबारमा नेगेटिभ सर्किट लाग्दै नेप्से कारोबार नियमितभन्दा एक घण्टा अगावै बन्द भयो । 

बजारमा देखिएको यो पहिराले लगानीकर्तामा चरम निराशा सिर्जना भएको देखियो । युद्धमा हारेको सिपाही जस्तो मलिन अनुहार लिएर लगानीकर्ता ब्रोकर हाउसबाट विदा भएका हृदयविदारक दृश्य समेत देखियो । 

लगानीकर्तामा कोरोनाभाइरसले गर्दा बजार अझै घट्ने चिन्ता व्याप्त रहेको पाइयो । उनीहरु आफ्नो लगानी कसरी सुुरक्षित गर्न सकिन्छ भन्ने उपायहरु खोजिरहेका भेटिए । बजार अझै घट्ने आशंकाले ब्रोकर हाउसहरुमा सेयरको बिक्रीचाप अत्यधिक देखियो । 

लगानीकर्ताको कालो बादलको वरिपरि देखिने सुुनौलो रेखा जस्तै बजारको यो गिरावटले नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्ने सुुनौलो अवसर सिर्जना गरेको सेयरका जानकारहरु बताउँछन् ।