काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्तापुँजी १ अर्ब १५ करोडको ८.४२ प्रतिशतले हुन आउने ९ करोड ६८ लाख ३० हजार रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । 

यसैगरी बैठकले कम्पनीको छैटौँ वार्षिक साधारणसभा पुस २४ गते काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा आयोजना गर्ने निर्णय गरेको छ । सोही सभाबाट प्रस्तावित लाभांश पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। 

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस ११ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लाभांश र साधारणसभामा भाग लिन पुस १० गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।