 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेड आज (चैत १० गते) बाट निष्कासन गर्ने भनेको ४ करोड २० लाख रुपैयाँबराबरको आईपीओ स्थगित भएको छ।
कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन गरी कोरोनाभाइरसको सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएकोले हाललाई आईपीओ निष्कासन स्थागित गर्नुपरेको कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्ने भनिएको थियो।
आईपीओ निष्कासन छिटोमा चैत्र २४ र ढिलोमा २०७७ वैशाख ९ गते बन्द हुने भनिएको थियो। दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना थियो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19