 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण स्थगित गरिएको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ यही असोज ७ गतेबाट निष्कासन तथा बिक्री खुला गरिने भएको छ।
यसअघि कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको थियो। कम्पनीले गत २०७६ चैत १० गते आयोजना प्रभावितका लागि आईपीओ जारी गर्ने जनाएको छ। आईपीओमा आईपीओ निष्कासन छिटोमा चैत २४ गते र ढिलामा २०७७ वैशाख ९ गते बन्द हुने भएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा सम्बोधन गरी कोरोनाभाइरसको सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवाबाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएकोले हाललाई आईपीओ निष्कासन स्थागित गर्नुपरेको कम्पनीले स्पष्ट पारेको थियो।
हाल निषेधाज्ञा खुकुलो पारिएकै कारण कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। स्थानीयका लागि निकाल्न लागिएको यो आईपीओको निष्कासन छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक ६ गते बन्द हुनेछ।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19