 
                     
                                
                             
                                    काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने समय बढाइएको छ।
कम्पनीले गत असोज ७ गतेबाट स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। आईपीओ निष्कासन छिटोमा असोज २१ गते बन्द हुने भनिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि कम्पनीले आईपीओमा आवेदन दिने समय कात्तिक ६ गतेसम्म लम्बाएको हो।
कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता सेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल तोकिएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ को रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको दर्शाउँछ। 
यसअघि कम्पनीले गत २०७६ चैत १० गते आयोजना प्रभावितका लागि आईपीओ जारी गर्ने जनाएको थियो। तर विश्वव्यापी महामारी कोरोनाभाइरसबाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण कम्पनीले आईपीओ निष्कासन कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19