काठमाण्डौ । युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओपमा थामिनसक्नु आवेदन परेको छ । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार अपरान्ह ४ः३० बजेसम्म यो कम्पनीको आइपीओमा ५ लाख ५७ हजार २८९ भन्दा बढीले १ करोड ६९ हजार कित्ता खरीदका लागि आवेदन दिएका हुन् । 

यो भनेको मागको तुलनामा करिब २४ गुणा बढी हो । 

नेपालको प्राथमिक बजारमा निकै लामो समयपछि जलविद्युत कम्पनीको आइपीओमा यति धेरै आवेदन परेको हो । 

कम्पनीले गत मंसिर ३ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको थियो। उक्त आईपीओमा आइतबार बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

निष्कासन गरिएको कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भनिएको थियो । 

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

यो कम्पनीको कास्कीको ल्वाङघलेमा रहेको मार्दी खोलामा ७ मेगावाट क्षमताजडित अपरमार्दी हाइड्रोपावर प्रोजेक्ट रहेको छ।