काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।
केहीबेरअघि निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा एक कार्यक्रमका बीच आइपीओ बाँडफाँड भएको हो।
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा करिब साढे ५ लाख आवेदन परेको थियो ।
सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटले युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओमा दिएको अन्तिम तथ्यांक अनुसार ५ लाख ६१ हजार २६३ आवेदकले ९४ लाख ९८ हजार ४०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले गत मंसिर ३ गतेबाट सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको थियो।
निष्कासन गरिएको कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भनिएको थियो ।
यसरी ८१ हजार २६७ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ६ आवेदकले थप एकसहित ११ कित्ताको दरले सेयर पाएका छन्।
पूरा रिजल्ट केहीबेरपछि बिजशालामा प्रकाशित हुनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago