काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरेको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
नेप्सेले यो कम्पनीलाई कारोबार यूएमआरएच कोड प्रदान गरेको छ भने आइतबार हुने पहिलो कारोबारका लागि ९८.७९ रुपैयाँदेखि २९६.३७ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ। यो रेन्जभित्र स्पेसल प्रिसेसन कारोबार भएमा यो कम्पनीको सेयर नियमित कारोबार समयमा खुल्नेछ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) र यो कम्पनीबीच आज शुक्रबार धितोपत्र सूचीकरण सम्झौता भएको छ। कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिन कारोबारमा आउने हुँदा यो कम्पनीको सेयर पनि आइतबारबाट कारोबारमा आउने पक्का भएको हो।
नेप्सेमा यो कम्पनी ४२ लाख कित्ता सूचीकृत भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago