काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आगामी चार वर्षका लागि उपासना पौैडेल नियुक्त भएकी छन्। 

पौडेलको नियुक्तिसँगै बीमा क्षेत्रले पहिलो महिला सीईओ पाएको छ। अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा पौडेल गरिमामय पदमा बहाल भएकी छन्। 

विगत एक दशकभन्दा बढी कार्यानुभव भएको तथा छिमेकी मुलुक भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पूरा गरेकी पौडेलले भारतमै  बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी थिइन्।

यसअघि पौडेल युनाइटेड इन्स्योरेन्समै निमित्त सीईओका रुपमा कार्यरत थिइन्। उनेको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई सीईओ पदमा नियुक्त गरेको हो। 

कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुनेमा विश्वास राख्ने पौडेल कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिन्छिन्। उनको आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा सीईओमा नियुक्तिसँगै थप उचाइमा पुग्नेमा कम्पनी विश्वस्त रहेको छ।