काठमाण्डौ । गुणस्तरहीन पाइएपछि मारुती, युनाइटेड र जगदम्बा उद्योगबाट उत्पादित सिमेन्ट बिक्रीवितरणमा रोक लगाइएको छ।
गुणस्तर तथा नापतौल विभागले ती तीन उद्योगका सिमेन्टको बिक्रीवितरण रोक लगाएको हो। सिमेन्ट कम गुणस्तर पाइएको भन्दै विभागले ती तीनै उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचारसमेत गरेको छ।
विभागले मारुतीको ओपीसी ४३ ग्रेड, युनाइटेडको ओपीसी ग्रेड ५३ र जगदम्बाको पीपीसीको बिक्रीवितरण रोक्न र बजारमा पठाइसकिएको सिमेन्ट फिर्ता ल्याउन पत्राचार गरेको छ। ती उद्योगलाई गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार स्पष्टीकरण सोधिएको विभागले जनाएको छ।
सिराहामा रहेको मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पीपीसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डअनुसार गुणस्तर नपुगेको विभागले जनाएको छ। मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको विभागले जनाएको छ।
त्यसैगरी युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको विभागले स्पष्ट पारेको छ।
सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19