काठमाण्डौ । युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीको गत मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । 

 कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको १ : १ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारण सभामा पेश गर्ने पनि कम्पनीले  बताएको छ।

कम्पनीले अहिले दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । पहिलो १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत परियोजना हो । यो परियोजना नोभेम्बर २०१२ देखि सञ्चालनमा छ ।

दोस्रो १०.५ मेगावाटको तल्लो मोदी-२ जलविद्युत परियोजना हो । यी दुवै जलविद्युत परियोजना पर्वत जिल्लाको पोखरा बागलुङ राजमार्गसँगै मोदी खोलामा अवस्थित छन् ।