काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडेले २ करोड ७० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
संस्थाले प्रतिसेय रु. १०० अंकित दरका २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि संस्थाको चुक्तापुँजी ९ करोड पुग्नेछ।
अहिले संस्थाको चुक्तापुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ। अधिकृत पूँजी १० करोड रहेको संस्थाको जारी पूँजी भने ९ करोड रुपैयाँ रहेको छ।
बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २०७५ साल पुस १ गतेदेखि आफ्नो वित्तीय कारोबार सुरु गरेको थियो। स्थापनाको छोटो अवधिमै संस्थाले आफ्नो कार्यक्षेत्र बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालयमार्फत ८२ हजार ८६५ विपन्न वर्गका महिलालाई समूहमा आबद्घ गरी १ अर्ब ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड ५ लाख रुपैयाँ खुद मुुनाफा गर्न सफल भएको छ।
यसैबीच संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा संस्थाबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago