काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।
बुधबार बिहान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड भएको हो ।
आइपीओमा आवेदन दिने प्राय सबैले मागेजति नै सेयर पाएका छन् ।
यो कम्पनीले माघ २५ गतेदेखि निश्कासन गरेको आइपीओमा आवेदन दिने समय फागुन ८ गते बन्द गरिएको थियो ।
सर्वसाधारणका लागि कुल ८८ लाख ५७ हजार ५९० कित्ता सेयर निश्कासन गरिएको थियो ।
आइपीओ खरीदका लागि १ लाख ५ हजार १५९ वटा आवेदन परेकामा ४० वटा रद्ध भएका थिए । कुल ३१६० कित्ताका लागि आएको आवेदन रद्ध भई ९२ लाख ४२ हजार १३० कित्ताका लागि आवेदन आएको थियो ।
कम्पनीको आइपीओमा १३ सय कित्तासम्म आवेदन दिनेले १३ सय कित्ता नै शेयर पाएका छन् । यस्तै, १५ सय कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने सबैले समान रुपमा १३ सय ५० कित्ता शेयर पाएका छन् ।
१५ सय देखि १० हजारसम्मको शेयर माग गर्ने २४६ जना मध्येबाट १५७ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा अधिकतम पाउनेले १३ सय ६० कित्ता शेयर पाएका छन् ।
आइपीओको नतिजा यसअनुसार छ:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago