काठमाण्डौ । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारणका लागि निश्कासन गरेको साधारण सेयरको बिहीबार बाँडफाँड भएको छ । 

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले एक समारोहका बीच सो आयोजनाको आइपीओ बाँडफाँड गरेको हो । 

कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएका सबैले मागेजति नै सेयर पाएका छन् । 

यो कम्पनीको आइपीओमा परेका आवेदनमध्इे १ हजार ७२३ आवेदन रद्ध भएका छन् । कुल ४७ हजार १८५ आवेदन परेकोमा ४५ हजार ४६२ सदर आवेदनबाट ३४ लाख १० हजार ८१० कित्ता खरीदका लागि आवेदन परेको थियो । आवेदन दिएका सबैलाई सेयर बाँडफाँड गरिएको हो । 

बाँडफाँड गरी बाँकी रहेको १ लाख २३ हजार ५३० कित्ता चाहि अण्डरराइटरले सकारेका छन् । 

यो कम्पनीले चैत १३ गतेदेखि आइपीओ निश्कासन गरेको थियो । आइपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५००० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन । 

बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासनका लागि धितोपत्र बोर्डले माघ २८ गते कम्पनीलाई अनुमति दिएको थियो । 

यसअघि सर्वसाधारणका लागि २९ लाख १२ हजार ५ सय कित्ता सेयर छुट्याइएको थियो ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको अवस्था कमजोर छ भन्ने हो । 

युनियन  हाइड्रोपावरले ३  मेगावाट क्षमताको मिदिम खोला जलविद्युत आयोजना निर्माण पूरा भई २०७४ माघ १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भइसकेको छ । यो कम्पनीले २३ मेगावाटको मेगाखोला प्रोजेक्ट निर्माणको समेत अनुमति पाइसकेको छ ।

यो आयोजनाको कुल लागत ७९ करोड ४० लाख रहेको छ । प्रति मेगावाट लागत मूल्य २६ करोड ५० लाख हुने अनुमान गरिएको छ । आइपीओपछि कम्पनीमा प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१.१६ः ४८.८३ प्रतिशत कायम भएको छ । 

रिजल्ट हेर्नुहोस्: