काठमाण्डौ । युनियन हाइड्रोपावर लिमीटेडको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ ।
मंगलबार सो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूचिकरणसँगै यो कम्पनीको सेयर बुधबार(भोलि)देखि दोश्रो बजारमा कारोबारमा आउने भएको छ ।
नेप्सले यो कम्पनीको सेयरका लागि सुरुवाती कारोबार रेञ्ज ७९.८२ रुपैयाँदेखि २३९.४७ रुपैयाँ तोकिदिएको छ । यसको अर्थ यो कम्पनीको सेयर न्यूनतम ७९.८२ रुपैयाँदेखि अधिकतम २३९.४७ रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।
भोलि बजार खुल्नुअघि १५ दिन कम्पनीको सेयर प्रिओपन सेसनमा कारोबार हुनेछ । त्यो अवधिमा कारोबार भएमा मात्र भोलिको दिन नियमित कारोबारमा आउनेछ ।
कारोबारका लागि नेप्सेले यो कम्पनीलाई यूएनएचपिएल(UNHPL)को कारोबार संकेत समेत प्रदान गरेको छ ।
यो कम्पनीले चैत १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको थियो ।
यो क्रममा कुल ४७ हजार १८५ आवेदन परेकोमा ४५ हजार ४६२ सदर आवेदनबाट ३४ लाख १० हजार ८१० कित्ता खरीदका लागि आवेदन परेको थियो । आवेदन दिएका सबैलाई सेयर बाँडफाँड गरिएको थियो ।
बाँडफाँड गरी बाँकी रहेको १ लाख २३ हजार ५३० कित्ता चाहि अण्डरराइटरले सकारेका थिए ।
यो कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि ७ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, ६ लाख २१ हजार ७९० कित्ता बिक्री भएको थिएन ।
बिक्री नभएको सो कित्ता समेत जोडेर सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ निश्कासन गरेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19