काठमाण्डौ । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायका साथमा ऐक्यबद्धता जनाएको छ। 

मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सास्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो। यतिखेर जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट अत्याधिक प्रभावित स्थानीयलाई सहायताको ठूलो आवश्यकता रहेको छ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, ७०० थान ब्ल्यांकेट, २५० थान पाल र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्न जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ।

युनिलिभर नेपालले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ। युनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पुर्याउन र समुदायको पुनर्निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध छ।