काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ। कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ। इटालीमा मात्र १२ हजार ४२८ जनाको ज्यान गएको छ।
दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १८९ जना र फ्रान्समा ३ हजार ५२३ जनाको मृत्यु भएको छ।
जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो । - रासस/एएफपी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19