काठमाण्डौ । युरोपका थुप्रै देशमा कोरोनाभाइरसको नयाँ र निकै संक्रामक भेरियन्ट पाइएको पुष्टि भएको छ। यस किसिमको कोरोनाभाइरसको पहिलोपटक बेलायतमा पहिचान भएको थियो।

अहिले स्पेन, स्विडेन र स्विट्जरल्यान्डका अनुसार बेलायतबाट फर्केका आफ्ना नागरिक यस किसिमको कोरोनाभाइरस पुष्टि भएको जनाएका छन्। स्पेनको राजधानी म्याड्रिडमा गत बिहीबार बेलायतबाट फर्के एक व्यक्तिका तीन नातेदारमा निकै संक्रामक कोरोनाभाइरस पुष्टि भएको छ। म्याड्रिड सहरका नायब स्वास्थ्य प्रमुख एन्टोनियो जापातेरोका अनुसार संक्रमणको चौथो मामिला पनि बेलायतबाट फर्के एक व्यक्तिमा देखिएको छ। यद्यपि हालसम्म ती संक्रमितहरुको अवस्था गम्भीर नरहेको उनले जानकारी दिए। 

यसअघि गत शनिबार फ्रान्समा पनि बेलायतबाट फर्केका एक नागरिकमा नयाँ संक्रमण पाइएको थियो। ती संक्रमितका कुनै लक्षण देखिएको थिएन । हाल उनी आफ्नै घरमा आइसोलेसनमा बसेका छन्। 

उता स्विट्जरल्यान्डले तीनजना मानिसमा नयाँ खाले संक्रमण देखिएको पुष्टि गरेको छ। जसमा दुईजना बेलायती नागरिक जो नयाँ वर्ष मनाउन स्विट्जरल्यान्ड आएका छन्। स्विट्जरल्यान्ड एउटामा यस्तो युरोपेली मुलुकको जसले क्रिसमस मनाउन विदेशी नागरिकको यात्रालाई खुला गरेको छ। यही कारण हजारौँ बेलायती नागरिक अहिले क्रिसमस र नयाँ वर्ष मनाउन स्विट्जरल्यान्ड पुगेका छन्। 

यीबाहेक डेनमार्क, जर्मनी, इटाली, नेदरल्यान्डस् र अस्ट्रेलियामा पनि केही व्यक्तिमा नयाँ संक्रमण पुष्टि भएको छ। 

उता एसियाली मुलुक जापानमा नयाँ खाले संक्रमण पुष्टि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसैबीच कडा खाले यो संक्रमणबाट बच्नका लागि ४० भन्दा बढीले देशले बेलायतबाट आउजाउमा प्रतिबन्ध लगाएका छन्। साउदी अरब, ओमन र कुवेतले त गत सातादेखि नै सीमाहरु पूर्ण रुपमा बन्द गरेका छन्। जापानले पनि जनवरीको अन्त्यसम्म बेलायतबाट हुने यात्रामा प्रतिवेदन लगाएको छ।– बीबीसीबाट