काठमाण्डौ । युरोपेली सेयर बजारमा लगातार सुधार हुँदै गएको छ।
युरोपेली सेयर बजार शुक्रबार पनि उकालो लागेको हो। जर्मनको ड्याक्स १२० अंकले बढेको छ भने फ्रान्सको क्याक, लन्डनको फुट्सी, इटालीको फुट्सी मिबमा पनि बढोत्तरी भएको छ।
युरोपेली बजारमा तेल र ग्यासको सेयरभाउमा २.१ प्रतिशतले उकालो लागेको छ। योसँगै बेलायती मुद्रा पाउन्ड स्ट्रेलिङ पनि डलरको तुलनामा १ वर्षकै उच्चस्तर पुगेको छ। एडिडास कम्पनीको सेयरभाउ ६ प्रतिशतले बढेको छ।
युरोपमा सुधारिएको मौद्रिक नीति तथा आर्थिक डाटा आउने प्रक्षेपणका कारण बजारमा सुधार आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य करेक्सन आएको छ भने क्रिप्टोकरेन्सीमा बढोत्तरी जारी रहेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19