काठमाण्डौ । केही समययता युरोपेली मुलुकहरु फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको देखिएको छ।
फ्रान्समा हिजो बिहीबार एकै दिन ४ हजार ७७१ नयाँ संक्रमणको मामिला देखियो। यो अघिल्लो दिनको तुलनामा १ हजारले बढी पनि हो।
मे महिनापछि पहिलोपटक फ्रान्समा कोरोना संक्रमणको मामिला ४ हजारभन्दा बढी अधिक देखिएको स्वास्थ्य अधिकारीहरु बताउँछन्।
यसैगरी स्पेन, जर्मनी र इटालीमा पनि कोरोना संक्रमणको मामिलामा तीव्रता देखिन थालेको छ।
स्पेनमा अहिले धेरैजसो संक्रमणको मामिला युवाहरुमा देखिन थालेको छ। जर्मनी भने अन्य देशको यात्राबाट फर्केकाहरुमा बढी संक्रमण देखिन थालेको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
स्पेनमा बिहीबारमात्र ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उता बेलायतमा बिहीबार १ हजार १८२ नयाँ संक्रमणको मामिला देखिएको छ। जब कि जर्मनमिा एकैदिन १ हजार ७०७ मामिला अगाडि आएका छन्।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपेली देश इटालीमा बिहीबार ८५४ नयाँ मामिला देखा पर्यो। मे महिनापछि पहिलोपटक इटालीमा यति धेरै मामिला देखिएको हो।
फ्रान्समा संक्रमणको मामिला बढ्नुमा टेस्टिङ प्रक्रियालाई बढाउनु पनि प्रमुख कारण रहेको अधिकारीहरु बताउँछन्। गत सातायता फ्रान्समा ६ लाख ६४ हजारभन्दा बढीको टेस्टिङ गरिएको छ।
यद्यपि जुलाईको तुलनामा अगस्टमा लगभग दुईगुणाले संक्रमणको मामिला बढ्नु चिन्ताको विषय बनेको छ। त्यही भएर त्यहाँ अधिकांश सहरमा मास्क अनिवार्य रुपमा लगाउन सबैलाई आग्रह गरिएको छ।
विश्लेषकहरुले लकडाउन खुकुलो पार्दै जनजीवन सामान्य बनाउने कोसिस गर्दा र सामाजिक दूरीको नियम पालनामा हेलचेक्र्याइँ गर्दा पनि युरोपेली मुलुकहरु फेरि संक्रमणको मामिला बढ्न थालेको बताएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19