काठमाण्डौ । अर्थतन्त्रलाई बुझेका मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडालाई बजारले अर्थमन्त्रीको रुपमा स्वागत गरेको छ । आइतबारदेखि निरन्तर घटिरहेको बजार मंगलबार भने बढेको हो । यो दिन नेप्से परिसूचक ५.८६ अंकले वृद्धि भई १३६४.८१ विन्दूमा फर्किएको छ । कारोबार रकममा पनि झिनो मात्र बढोत्तरी भयो ।
अर्थतन्त्र बुुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आएपछि लगानीकर्ताहरुले त्यसलाई सकारात्मक रुपमा लिएका देखिएको छ । मंगलबारको बजारको वृद्धिले डा. खतिवडाप्रति लगानीकर्ताहरुको आशा समेत मुखरित भएको देखिन्छ । अर्थमन्त्री भएलगत्तै डा. खतिवडाले जनाएका प्रतिबद्धताका कारण समेत बजारमा बढोत्तरी भएको विश्लेषकहरुले बताएका छन् । बजारमा कारोबार रकम(टर्नओभर) र परिसूचक समानान्तर ढंगले बढेको छ, यस्तो प्रवृति केही दिन निरन्तर रहे बजारले ठूलो फड्को मार्नसक्ने जानकारहरु दाबी गर्छन् ।
यो दिन लामो समयदेखि पर्ख र हेरको रणनीतिमा बसेका लगानीकर्ताहरुले समेत खरिदारीमा आफूलाई सक्रिय बनाएका देखिएको छ । बजार घटेर निकै तल पुुगेको बेला राम्रा कम्पनीको सेयर सस्तोमै पाइने मौकाको सदुपयोग गर्नेहरु सक्रिय भएका कारण बजारमा केही भए पनि खरिद चाप देखिएको हो । सेयरबाट पैसा कमाउन चाहनेले यही बेला राम्रा कम्पनीको सेयर लगानी गर्न सके, यसले निकट भविष्यमै प्रतिफल दिनेमा धेरै पुराना लगानीकर्ता र बजारका जानकार ढुक्क देखिएका छन् ।
यो दिन बजारमा ४ वटा समूहको सूचकमा भने रातो पोतियो । विकास बैंक समूह ०.३७ अंकले घट्दा जलविद्युत समूह १.१६, बिमा समूह २.६२ र उत्पादनमूलक समूह १०.४१ अंकले घटे । बाँकी अन्य समूहको सूचकमा बढोत्तरी देखियो ।
बैकिंग समूह ५.८६ अंकले बढ्यो भने होटल समूह ३१.२६ अंक, बित्त समूह ३.०३ अंक, अन्य समूह ११.९ अंक र माइक्रोफाइनान्स समूह ०.९८ अंकले बढेका छन् ।
यो दिन 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत ०.३६ अंकको बढोत्तरी देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका ११ लाख ५१ ह्जार ९ सय ६५ कित्ता सेयर ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपैयाँमा किनबेच भयो ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६ करोड ७१ लख बढीको कारोबार गर्यो । प्रभू बैंकले ६ करोड १८ लाख बढीको कारोबार भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको साढे ५ करोडको संस्थापक सेयर समेत किनबेच भयो ।
प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड २१ लख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सोही कम्पनीको २ करोड ५ लाख बढीको साधारण सेयरको समेत किनबेच भयो ।
नवील बैंकले २ करोड ३ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ६१ लख, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले १ करोड ५४ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.४७ अंकले बढ्यो । यस्तै, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, ज्योति विकास बैंकका सेयरधनीले समेत ४ प्रतिशतको हाराहारीमा कमाए ।
यो दिन कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाए । उनीहरुले ९ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति गुमाउन पुुगे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago