काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले युवा रोजगारी सिर्जना तथा उद्यमशीलता विकासका लागि स्थानीय तहसँग सहकार्य गर्ने बताएका छन्।
महोत्तरी चेम्बर अफ कमर्सले बर्दिबासमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले स्वदेशमै रोजगारी सिर्जना गरेर युवा पलायन हुनबाट रोक्नुपर्ने बताए। युवा उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि प्राकृतिक स्रोतको उच्चतम प्रयोग, विदेशमा सिकेको सीपलाई नेपालमा प्रर्वद्धन गर्न नेपाल चेम्बर अफ कमर्सले सबै स्थानीय तहसँग सहकार्य गर्न चाहेको अध्यक्ष मल्लको भनाइ छ।
अध्यक्ष मल्लले भने, ‘विदेशबाट फर्किएका युवाहरुको लगत संकलन गरेर उनीहरुको सीपलाई राज्यले प्रोत्साहन गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ। सरकाले ५० वर्षसम्म जग्गा भाडामा उपलव्ध गराउने बजेटमा घोषणा गरेको छ। युवाहरुको सीपलाई एकीकृत गरेर औद्योगिक ग्राम बनाउन सकिन्छ। यसमा अन्तर्राष्ट्रिय कम्पनीलाई पनि प्रोत्साहन गर्न सकिन्छ र लगानीमार्फत विदेशमा सिकेको ज्ञान तथा सीपलाई उत्पादनसँग जोड्न सकिन्छ।’
युवा स्वरोजगारीमार्फत आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि मुलुकभित्रका प्राकृतिक स्रोतको उच्चतम सदुपयोग गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। उनले महोत्तरीमा उत्पादित उखु, फलफूललगायत अन्य उपभोग्य बस्तुको बजारिकरणका लागि जिल्ला चेम्बरले सहकार्य गर्नेसमेत बताए।
मुलुकमा बिचौलिया राजको अन्त्यका लागि कृषक र उपभोक्तासम्म सिधा सम्पर्क हुने गरी बजारको व्यवस्था गर्न चेम्बर अफ कमर्सले पहल गर्नेसमेत मल्ले बताए।
मुलुकमा चरम व्यापार घाटा भइरहेको सन्र्दभमा अध्यक्ष मल्लले भुक्तानी सन्तुलनलाई कायम राख्नु सवैभन्दा ठूलो चुनौती भएको बताए। उनले मुलुकको भुक्तानी सन्तुलन कायम राख्नका लागि आयात र निर्यातलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।
यस्तै अध्यक्ष मल्लले कर राजश्व नीति पनि एकलद्वारको हुनुपर्ने बताए। मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रले धानिरहेको भन्दै उनले भने, ‘सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले बनाउनुपर्छ।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19