काठमाण्डौ । युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाईड्रोपावर लिमीटेडले सर्वसाधारणका लागि १० लाख ५० हजार कित्ता आइपीओ  निश्कासन गर्ने भएको छ । 

कम्पनीले आइपीओ निश्कासनका लागि आवश्यक पूर्वतयारी थालेको हो । 

यो क्रममा कम्पनीले प्रति शेयर रु.१०० अंकित दरले सर्वसाधारण र आयोजना प्रभावितका लागि गरी निश्कासन गर्ने १० लाख ५० हजार कित्ताको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 

शेयर निष्कासन सम्बन्धी सम्झौता–पत्रमा युनाईटेड इदी–मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमीटेडको तर्फबाट कार्यकारी सञ्चालक सुनिलनारायण श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमीटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे ।

यो कम्पनीले ७ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेछ । 

आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षभित्र नै विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ ।