काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रालिले विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको जोखिमबाट बच्न अबलम्बन गरिएको लकडाउनका कारण  विभिन्न स्थानमा निम्न आयस्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई यो समयमा राहातको एकदमै आवश्यकता रहेकोले यूनाइटेड सिमेन्ट्सले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिकाको केही स्थानमा खाद्य सामाग्री वितरण गरेको छ।

पूरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केही हदसम्म भए पनि यो राहतले उनीहरुको घाउमा मल्हम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ ।

यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवश्यकता अनुसार  गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।