अनुहारको चाउरीपनाबाट या चमकआएनभनेर चिन्तित हुनुहुन्छ ?उसो भएतपाईंकालागि ‘फेस योगा’अर्थात् अनुहारको योगातयार छ । बेलायतमा फेस योगाकालागिचर्चित डानियला कोलिन्स र जुलियाअनास्तास्युले यसको प्रयोग सुरु गरेका छन् । उनीहरु बेलायतका ‘फेस योगा सुपरट्रेनर’ हुन् ।
एक घन्टाको ६५ पाउन्ड लिएर आफूले सिकाउने २५ मिनेटको कार्यक्रमले अनुहारलाई सदाकालागि परिवर्तन गर्ने दाबीजुलियाको छ । उनीहरुको दाबी छ, ‘यो योगाले चाउरीपना हटाएर अनुहारलाई मुलायम बनाउँछ र स्वस्थचमक ल्याउँछ । यसका साथै यसले आँखाको थकान र टाउको दुखाई पनि हटाउँछ ।’
अनुहारको योगाहप्तामा ६ दिनगर्ने हिसाबले तयार पारिएको छ र सातौं दिनमामात्र रिजल्ट आउने दाबीजुलियाको छ । अनुहार योगाले अनुहारलाई ५ वर्ष घटाउने दाबीपनिगरिएको छ ।
यसअनुसार विभिन्न १८ प्रकारका फेसियलपोजहरु गर्न किन्छ । उदाहरणका लागि गाडीको जाममा परेका बेलामुखमाचारैतिर जिब्रो नचाएर ‘टङ ट्वीस्टर’ योगागर्न सकिन्छ भने बाथरुममा बसेर ‘जिराफ’ योगापनिगर्न सकिन्छ । जुलियाकाअनुसार यसको सिद्धान्त के हो भने विशेष प्रकारकागतिविधिमार्फत् अनुहारकामांसपेशी सहीहिसाबमा आउछन् । यसबाटकोलाजन र प्रोटीन तत्वहरु उत्पादन हुन्छन्, जसले छाला लचिलो हुन्छ र युवाअनुभूति दिन्छ ।
१. आओल (लाटोकोसेरो आकार)
यसअनुसार दुवै आँखालाई समेट्दै (चित्रमाजस्तै) आंैलाले अंग्रेजीअक्षरको सी आकार बनाइ घुमाउनुपर्छ । निधारमाआराम महसुस गर्दै आँखाखुला राख्नुपर्छ । यो प्रक्रिया ३ पटक गर्नुपर्छ । एकपटकमा १०सेकेन्ड औंला घुमाउनुपर्छ ।
२. भी (अंग्रेजीभीआकार)
औंलालो अंग्रेजीअक्षरको भीआकार बनाई आँखीभौंको दुवैतिर औंला राख्नुपर्छ र शक्तिशाली हेराई बनाउनुपर्छ । यस्तो प्रक्रिया ६ पटक गर्नसकिन्छ । प्रक्रिया सकिएपछि १० सेकेन्ड आँखाचिम्लिएर रिल्याक्स महसुस गर्नुपर्छ ।
३. सर्कल द आइज
आँखाको चारैतिर गोलो घेरा बनाएर औंला घुमाउनुपर्छ । एकपटक दायाँतिरबाट अर्कोपटक बायाँतिरबाट घेरा बनाएर घुमाउनुपर्छ । यस्तो प्रक्रिया ४ पटक गर्नसकिन्छ ।
४.पफर फिस
गालाफुलाएर बिस्तारै हातले हान्नुपर्छ । हातले ३० सेकेन्डसम्म हान्न सकिन्छ ।
५. जिराफ
टाउको अलिकताबंग्याएर पछाडि लैजाने र फेरि तलझार्ने प्रक्रियागर्न सकिन्छ । यो प्रक्रियादुईपटक गर्न सकिन्छ ।
६. ह्याम्स्टर चिक्स
एउटा गाला ठूलो बनाउने र त्यसमाजम्माभएको श्वास अर्को गालामा पठाउने प्रक्रियाहो । यसरी हावा पठाउने प्रक्रिया ३० सेकेन्डसम्म गर्न सकिन्छ ।
७. ज टोनर
बंगारालाई बाहिरैबाट समातेर कानतिर बिस्तारै तान्न सकिन्छ । यो प्रक्रिया ३ पटक गर्नसकिन्छ ।
८.किस द स्काई
आकासतिर चुम्बनगर्ने प्रक्रियाहो, यो १० पटकगरिन्छ ।
९.रिल्याक्सेसन
अनुहारको सबैभाग समेट्ने गरी हातले समाई बिस्तारै मालिस गर्नुपर्छ । यो अवस्थामाआँखाबन्दगर्न सकिन्छ ।
स्वास्थ्यखबरले डेलीमेलबाट अनुवाद गरेको सामाग्री
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago