काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन्।
भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ। राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पिछडिएका वर्गहरुको उत्थानका साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अस्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन्।
नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया एक शैक्षिक गन्तव्य हो। नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अस्ट्रेलियाले काम गरिरहेको उनले बताइन्।
उपाध्यक्ष श्रेष्ठले अस्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19