photo : THT
काठमाण्डौ । युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा आयोग सदस्य बनेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्त गरेको हो । उनी दुुई कार्यकालसम्म निरन्तर आयोगको सदस्य बनेर काम गरेका थिए ।
आयोगका निवर्तमान उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्ष पदमा मन्त्रीपरिषदको बिहीबार बिहान बसेको बैठकले डा. वाग्लेलाई नियुक्त सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
वाग्लेले विगतमा लामो समय विश्व बैंकको मुख्यालयमा रही वरिष्ठ अर्थशास्त्रीको रुपमा काम गरेका थिए । कांग्रेस निकट वाग्ले आकर्षक जागिर छाडेर नेपाल आएपछि सुशील कोइरालाले आयोग सदस्य बनाएका थिए । उनी सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ हुन् ।
अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19