काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यही वर्षको अन्त्यसम्म महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुने संकेत गरेको छ।

यो भाइरसविरुद्धको कुनै पनि भ्याक्सिन अहिलेसम्म नआइसकेको अवस्थामा डब्ल्यूएचओकी वैज्ञानिक सौम्या स्वामीनाथनले यस्तो संकेत गरेकीहुन्। ‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिनका लाखौँ डोज उपलब्ध हुनेछ’, उनले भनिन्, ‘जसबाट यो भाइरसबाट निकै कमजोर र प्रभावित मानिसलाई बचाउन सकिनेछ।’

स्वामिनाथनका अनुसार अहिले विश्वभर २०० भन्दा बढी विशेषज्ञहरु भ्याक्सिन विकासको काम खटिरहेको बताइन्। ‘करिब १० भ्याक्सिन त मानिसमै परीक्षण भइरहेका छन्’, उनले भनिन्।

स्वामिनाथनले भ्याक्सिन विकास एउटा जटिल काम रहेको बताइन्। ‘यसमा आशंका र आशा दुवै हुन्छ’, उनले भनिन्।

स्वामिनाथनले अहिले कोरोनाविरुद्ध थुप्रै भ्याक्सिन बनाउने काम भइरहेको छिटै उपलब्धि हासिल हुने बताइन्। ‘भ्याक्सिन बनाउँदा एकपटक असफल भए पनि फेरि बनाउने कोसिस हुन्छ, फेरि असफल भए आशा हराउँदै, वैज्ञानिकहरु हार मान्दैनन्’, उनले भनिन्, ‘लगातार कोसिस जारी रहन्छ।’

स्वामिनाथन यदि सबै कुरा ठिक भए यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्ध एउटा वा दुइटा भ्याक्सिन तयार बताइन्। ‘पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिका चिकित्सकलगायताका स्वास्थ्यकर्मी, त्यसपछि गम्भीर बिरामी परेकाहरुलाई यो भ्याक्सिन दिइनेछ’, उनले स्पष्ट पार्दै भनिन्, ‘त्यसपछि आवश्यकताअनुसार सारा विश्वमा यो औषधि पठाइनेछ।’ – एजेन्सी