काठमाण्डौ । यो वर्षको सुरुआती ९ महिनाका दौरान भारत विश्वको शीर्ष आईपीओ बजारका रुपमा उदाएको छ। यो अवधिमा भारतका ७० भन्दा बढी कम्पनीले आईपीओका माध्यमबाट ९.७ अर्ब डलर जुटाएका छन्। यो रकम विश्व आईपीओ बजारमा उठाइएको रकमको ३ प्रतिशत हो। 

सन् २०२१ जनवरीदेखि सेप्टेम्बरसम्म विश्वभर आईपीओमार्फत ३३०.६६ अर्ब डलर जुटाइएको छ। 

रिपोर्टका अनुसार जनवरीदेखि सेप्टेम्बरका दौरान आईपीओको संख्याका आधारमा भारतको ७२ संख्याका साथ ४.४ प्रतिशत हिस्सेदारी रहेको छ। यो अवधिमा विश्वभर कुल १६३५ आईपीओ जारी भएका थिए। 

आईपीओ निष्कासनमा अमेरिका पहिलो स्थानमा रहेको छ भने चीन दोस्रो स्थानमा रहेको छ। जनवरीदेखि सेप्टेम्बर महिनासम्म विश्व सेयर बजारमा आईपीओ गतिविधिमा उल्लेख वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ। 

यो अवधिमा विश्व आईपीओ बजार ८९ प्रतिशतले वृद्धि भएको जनाइएको छ। विशेष गरेर युुरोप, मध्यपूर्व, भारत र अफ्रिकाको आईपीओ बजारमा वृद्धि आएको रिपोर्टमा उल्लेख गरिएको छ। यो अवधिमा प्रविधि, स्वास्थ्य सेवा र उद्योगसँग सम्बन्धित कम्पनीहरुको आईपीओको वर्चस्व रहेको छ। – एजेन्सी