काठमाण्डौ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/८८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्र रहने प्रक्षेपण गरेको छ।
सन् २०२१ को पहिलो प्रतिवेदन ग्लोबल इकोनोमिक प्रस्पेक्ट सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो। यअसघि गत चैतमा पनि चालु आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्रै रहने विश्व बैंकले प्रक्षेपण गरेको थियो।
सरकारले भने चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतका हाराहारीमा हुने दाबी बजेटमार्फत गरेको छ।
कोरोना महामारीका कारण दक्षिण एसियाली क्षेत्रमा यो वर्ष सबैभन्दा बढी आर्थिक क्षति भारतले व्यहोर्ने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वर्ष भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने विश्व बैंकको अनुमान छ।
यसैगरी यो वर्ष बंगलादेशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत हुने विश्वको प्रक्षेपण छ।
दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा उच्च आर्थिक वृद्धिदर माल्दिभ्सको रहने विश्व बैंकको भनाइ छ। जसअनुसार माल्दिभ्सको आर्थिक वृद्धिदर ९.५ प्रतिशत रहनु अनुमान विश्व बैंकको छ।
समग्रमा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर यो वर्ष ६.७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ भने विश्व अर्थतन्त्र ४ प्रतिशत रहने विश्वको अनुमान छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19