काठमाण्डौ । सेयर बजारमा यो साता जम्मा ३ दिन कारोबार भएको छ। कारोबार भएका सबै दिनमा बजारमा गिरावट आएको छ।
अघिल्लो साताको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक २६६१.४४ अंकमा बन्द भएको थियो । यो साताको बुधबार नेप्से घटेर २५४७.०४ मा बन्द भएको छ । यो साताभर नेप्सेमा ११४.४ अंकले गिरावट आएको छ।
यो साताभरि जम्मा १०.४५ अर्ब रुपैयाँको कारोबार भएको छ। यो हिसाबले दैनिक औसत साढे ३ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। यो साता दैनिक औसत ७५ लाख कित्ता सेयर किनबेच भएका छन्।
यो साता लगानीकर्ताको सम्पत्ति १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँले घटेको छ। गत साताको अन्तिम कारोबारपछि ३७ खर्ब ६९ अर्ब ६३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साता बुधबारको कारोबारपछि ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँमा सीमित छ।
आज बिहीबार सेयर बजार बन्द रहेको छ। सरकारले शेर्पा समुदायको ग्याल्पो ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ।
बजार यसरी निरन्तर घट्नुमा तरलतामा दबाब पर्नु नै मुख्य कारण रहेको बजार जानकारहरु बताउँछन्। प्राविधिक विश्लेषकहरुले भने बजार अब धेरै नघट्ने दाबी गरेका छन्। बजारले अब बटम लगाइसकेको उनीहरुको तर्क छ।
निरन्तर घटेकोले आगामी साताबाट अल्पकालीन लगानीकर्ताहरु बजार पस्न सक्ने सम्भावना पनि उत्तिकै रहेको जानकारहरु बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19