काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। ती ३ दिनमा २ दिन बजार घट्यो भने १ दिनमात्रै बढ्यो।
अघिल्लो साता २४६४.३५ मा बन्द भएको बजार यो साता २४१५.२४ मा बन्द भयो। यो हिसाबले यो साता बजारमा ४९.११ अंकको गिरावट आएको थियो।
साताको पहिलो दिन आइतबार रामनवमीका अवसरमा सार्वजनिक बिदा दिइएकोले सेयर बजार बन्द रह्यो। सोमबार खुलेको बजारमा ४४.५५ अंकले गिरावट आयो। मंगलबार पनि बजार ३४.८ अंकले घट्यो। यो साता बुधबार भने बजारमा ३०.२४ अंकले बढोत्तरी आएको छ। बिहीबार नयाँ वर्षको बिदा परेकोले बजार खुलेन।
यी ३ दिनमा सेयर बजारमा जम्मा ५ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको। यो भनेको दैनिक औसत कारोबार १ अर्ब ७५ करोड हो। यस्तो दैनिक औसत कारोबार अघिल्लो साता १ अर्ब ९६ कारोड थियो।
आगामी साता के होला ?
लामो समयदेखि निरन्तर गिरावट आएको बजारमा यो साताको अन्त्यमा बढेर बन्द भएको छ। बजारमा चैतको प्रभाव सकिएको र साताको अन्तिम कारोबारमा बजार बढेर बन्द भएका कारण आगामी साता अब बजारले लय समात्न सक्ने बजार जानकारहरुको मत छ। अब कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थालेपछि र तरलता सहज भएसँगै बजारले लयमा फर्किने विश्वास उनीहरुको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19