काठमाण्डौ । लामो समयदेखि ओरालो लागेको सेयर बजारमा यो साता भने केही सुधार आएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन १८३८.५९ को विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १८७७.३२ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजार करिब ३८.३७ अंकले बढेको छ।
यो साताको पहिलो र दोस्रो दिन घटेको बजार त्यसपछिका ३ दिन भने बढेको थियो।
अघिल्लो साताको ३ अर्ब २४ करोड रुपैयाँबराबरको कारोबार भएकोमा यो साता ४ अर्ब ५३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस हिसाबले कारोबारमा पनि सुधार भएको देखिन्छ।
सूचक र भोलुममा सुधार भएको यो साता नेप्से उपसमूहमा १३ वटा समूहमध्ये १२ वटा उकालो लागेका छन् भने एउटा मात्रै ओरालो लागेको छ। बजार बढ्दा लगानी समूहका लगानीकर्ताहरुले धेरै कमाउन सफल भएका छन्। यो समूहमा यो साता ४.४१ प्रतिशतले उकालो लागेको छ।
यसैगरी यो साता लघुवित्त, होटेल, निर्जीवन बीमा, व्यापार र वित्त समूहका कम्पनीहरुमा लगानी गर्ने लगानीकर्ताहरुले कमाउन सफल भएका छन्। लघुवित्त समूहमा ३.८७ प्रतिशत, होटेलमा ३.७० प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६७ प्रतिशत, व्यापार समूहमा ३.६६ प्रतिशत र वित्त समूहमा ३.५८ प्रतिशतको बढोत्तरी भएको छ।
उता विकास बैंक समूह ३.३९ प्रतिशत, हाइड्रोपावर समूह ३.२३ प्रतिशत र जीवन बीमा समूह २.७४ प्रतिशतले उकालो लागेको छ।
बजार बढ्दा प्रशोधन तथा उत्पादन समूह, बैंकिङ (वाणिज्य बैंक) समूह र म्युचुअल फन्ड समूह पनि क्रमशः ०.८७ प्रतिशत, ०.६८ प्रतिशत र ०.६६ प्रतिशतले बढेका छन्।
यो साता अन्य समूहमा मात्रै ०.३२ प्रतिशतको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19