काठमाण्डौ । यो साता उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको खरिदमा आईएमई लाइफ इन्स्योरेन्सको सेयर पहिलो स्थानमा रहेको छ।
यो साता सेयर सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२)ले सबैभन्दा धेरै आईएमई लाइफको २ लाख कित्ता सेयर खरिद गरेको छ। बिक्रीतर्फ भने नासा सेक्युरिटिज (स्टक नं. ५८)ले सर्वाधिक आइएमई लाइफको करिब ८० हजार कित्ता बिक्री गरेको छ।
यो साता आइएमई लाइफको कुल ८८ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो सातासम्म शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार हुने गरेको थियो। यो साता भने करोबारका हिसाबले दोस्रो स्थानमा शिवम सिमेन्टमा रहेको छ। यो कम्पनीको ४१ करोड ४१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यसैगरी तेस्रो स्थानमा सोल्टी होटल रहेको छ। यो कम्पनीको ४० करोड ४४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
चौथोमा स्थानमा रहेको एभरेस्ट बैंकको ३१ करोड ८० लाख र पाँचौँ स्थानमा रहेको अपर तामाकोशी २८ करोड ५२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यस्तै उच्च सेयर कारोबारका हिसाबले एनआईसी एसिया बैंक, सानिमा बैंक, नेपाल रिपब्लिक मिडिया, नबिल बैंक र हिमालयन डिस्टिलरी क्रमशः छैटौँदेखि दसौँ स्थानमा रहेका छन्।
यो साता एनआईसी एसिया बैंकको २५ करोड २३ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २३ करोड ५२ लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ६६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २० करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19