काठमाण्डौ । सेयर बजारमा यो साता उच्च कारोबार हुने टप १० कम्पनीहरुमा सेयरमा सोल्टी होटेल शीर्ष स्थानमा रहेको छ।
यो साता होटेल सेक्टरमा सोल्टी होटलको सेयरको उच्च कारोबार भएको हो। यो होटेलको यो साताभरि ५२ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
दोस्रो नम्बरमा घोराही सिमेन्ट रहेको छ। यो कम्पनीको ४५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यसैगरी तेस्रो नम्बरमा शिवम सिमेन्ट रहेको छ। यो कम्पनीको यो साताभरि करिब ४२ करोड रुपैयाँ सेयर कारोबार भएको छ। चौथोमा आईएमई लाइफ इन्स्योरेन्सको ४१ करोड ४० लाख रुपैयाँ र पाँचौँमा हिमालयन डिस्टिलरीको ३८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यसैगरी छैटौँदेखि दसौँ नम्बरसम्म क्रमशः माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक र हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन्। यी कम्पनीको क्रमशः २३ करोड रुपैयाँ, २१ करोड रुपैयाँ, २५ करोड रुपैयाँ, १६ करोड ६४ लाख रुपैयाँ र १६ करोड ३० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19