अर्जुन तिमिल्सिना
काठमाण्डौ । प्राविधिक दृष्टिकोणबाट सेयर बजार यो साताभरि करेक्सन आउने देखिएको छ।
लगातार बढिरहेको बजारमा यो साता करेक्सन आउने देखिएको हो। अघिल्लो साताको अन्तिम कारोबारमा बनेको मैनबत्तीले ग्रेभस्टोन डोजी अर्थात उल्टो ‘टी’ बनाएर बजार बन्द भएकोले नै यो साता सेयर बजारमा करेक्सन आउने संकेत गरेको थियो।
बजार लामो समयको बढोत्तरीपछि केही करेक्सन आएकोले बजार अब कति अंक तल आउला अथवा कति विन्दुमा सपोर्ट लेला भन्ने जिज्ञासा रहने नै गर्छ। फिवोनासी रिट्रेस्मेन्ट एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। जसअन्तर्गत अबको टेवा यदि बजार घटेमा २३.६ को टेवा २६५९, ३८.२ को टेवा २६०० र त्यहाँबाट पनि बजार तल आएमा ५० को टेवा बजारले २५५६ विन्दुमा लिनेछ।
फिवोनासी रिट्रेस्मेन्टलाई आधार मानेर सेयर कारोबार गर्नेहरुले बजार घटेपछि पुनः सेयर खरिदका लागि ५० सम्मको टेवा कुर्न उपयुक्त हुने तर्क गर्छन्। यो भनेको हरेक लगानीकर्ताको आ–आफ्नो रणनीति र बजारको चालअनुसार फरक पर्न सक्छ।
एमएसीडी लाइन
यो लाइनअन्तर्गत गत मार्च २३ मा बुलिस क्रसओभर बनेको र हालसम्म पनि बुलिस सिग्नल भ्यालिड रहेको देखिन्छ। तर हिस्टोग्रामहरु छोटा–छोटा हुँदै गएका छन्। यसको अर्थ एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएका छन् भन्ने हो। यदि आगामी कारोबार पनि नकरात्मक भएमा बियरिस क्रसओभर अर्थात बजारमा थप बिक्रीचाप पनि आउन सक्छ। एमएसीडी लाइनले अहिले नै प्रस्ट सिग्नल नगरिसकेकोले आगामी कारोबारबाट मात्रै बजारको दिशा निधारण हुने देखिन्छ।
आरएसआईका आधारमा
आरएसआईका आधारमा बजारको विश्लेषण गर्नुपर्दा यदि यो विन्दु ७० भन्दा माथि हुन्छ भने ओभरबट जोन, ३० भन्दा तल भए ओभर सोल्ड जोन र ५० को विन्दुमा भए न्युट्रल जोन मानिन्छ। अहिले बजारको यो विन्दु ६७ को जोन अर्थात ओभरबट जोननजिक भएकोले केही समय ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छ।
बोलिंगर ब्यान्ड
यो लाइनअन्तर्गत बजार अप्पर ब्यान्ड र लोअर ब्यान्डबीच फराकिलो दूरी बनेकोले बजारमा उतारचढावको अवस्था आउने देखिन्छ। मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर बजार घट्न सुरु गरेकोले बजार केही समय साइडवेज मुभमेन्ट हुन सक्छ।
नोट : यो विश्लेषण विभिन्न औजारहरुलाई आधार मानेर गरिएको हो। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago