photo: south china morning post
काठमाण्डौ । दैनिकजसो संक्रमितको संख्या बढ्न थालेपछि सरकारले काठमाण्डौ उपत्यकामा वृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ र केश इन्भेष्टिगेसनको सुरुवात गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा कोरोना संक्रमितको संख्या बढिरहँदा यसले चिन्तित बनाएको र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नहुँदा अवस्था भयावह बन्नसक्ने जोखिम बढेकोले काठमाण्डौका तीनवटै जिल्लाका तल्लो तहसम्म पुगेर कन्ट्याक्ट ट्रेसिङ र केश इन्भेष्टिगेसनको काम वृहत रुपमा थाल्न लागिएको हो ।
'संघीय मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा काठमाण्डौ उपत्यकाका सबै पालिकाहरुसँग समन्वय गरी यही हप्तादेखि तदारुकताका साथ कन्ट्याक्ट ट्रेसिङ र केश इन्भेष्टिगेसन गर्न गइरहेको छ ।' डा. गौतमले भने-'जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सुरु हुने यो अभियानमा पोजिटिभ देखिएर समेत सरकारले सम्पर्क गर्न नसकेकाहरुलाई तत्काल सम्पर्क गरिन्छ र कन्ट्याक्ट ट्रेसिङ गरिनेछ ।'
यसैबीच, मन्त्रालयले काठमाण्डौमा संक्रमणको दर बढ्नु पछाडिको कारण समेत प्रस्तुत गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार ५० लाख हाराहारीमा जनसंख्या रहेको काठमाण्डौमा पटक पटक सचेत गराउँदा समेत प्लेकार्ड बोकेर जुलुस गरिएको, राजनीतिक पार्टी वा अन्य संघसंस्थाले पनि भेला, सम्मेलन र जुलुस गरेका नागरिकले जनस्वास्थ्यको मापदण्ड फलो नगरेको, २ मिटरको दूरी कायम नगरिएको, मास्क नलगाइएको, अति आवश्यक काम नभए पनि बाहिर निस्किने काम भएको, साबुनपानीले बेला बेलामा हात नधोएको लगायतका कारण काठमाण्डौमा संक्रमण दर ह्वात्तै बढेको हो । यदि जनस्वास्थ्यका मापदण्ड अझै फलो नगर्ने हो भने अवस्था अझै भयावह हुने उनले चेतावनी दिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago