– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यद्यपि, बजारको राम्ररी अध्ययन गरेर लगानी गर्दा उच्च प्रतिफल निकाल्न सकिन्छ। यसका लागि अन्य क्षेत्रभन्दा बढी नै समय दिनुपर्ने हुन्छ।
बजार रणनीति बनाउन जान्ने व्यक्तिले बजारबाट राम्रै नाफा कमाएका थुप्रै उदाहरण पनि छन्।
कुनै बेला सेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्स सबैको रोजाइमा परेको कम्पनीका रुपमा लिइन्थ्यो। २०६८ सालताका यो कम्पनीमा लगानी गरेर ९ वर्ष होल्ड गरी बेच्नेले मनग्य कमाउन सफल भएको देखिन्छ। त्यतिबेला यो कम्पनीको सेयरमा ३ लाख रुपैयाँ लगानी गर्नेले ९ वर्ष होल्ड गरेर बेच्दा ३४ लाख रुपैयाँ बढी कमाउन सफल भएको देखिन्छ।
अझ प्रस्टसँग भन्दा यदि कुनै लगानीकर्ताले २०६८ सालमा नेपाल लाइफको सेयर प्रतिकित्ता ३ हजार रुपैयाँ दरले १०० कित्ता किने। उनले २०७७ माघसम्म होल्ड गर्दा ७ आर्थिक वर्षको बोनस सेयरसहित कुल कित्ता १ हजार २८२ कित्ता पुग्यो। त्यसपछि उनले २०७७ सालकै उच्च विन्दु प्रतिकित्ता २९०० रुपैयाँ पुग्दा १ हजार २८२ कित्ता बेचे। यो हिसाबले उनको ३ लाख रुपैयाँको लगानीले ३७ लाख रुपैयाँभन्दा बढी हात पारे। उनको लगानी घटाउँदा प्रत्येक वर्षको नगद लाभांशबाहेक नाफामात्रै ३४ लाख रुपैयाँभन्दा बढी भएको देखिन्छ।
यदि ती लगानीकर्ताले आर्थिक वर्ष २०७५–७६ को पनि लाभांश खाने सोच बनाएका भए सायद त्यति नाफा कमाउन सक्दैन थिए। किनकि त्यसपछि यो कम्पनीको सेयरभाउ २९३० रुपैयाँभन्दा माथि जान सकेन र अहिले झरेर ७०० रुपैयाँको आसपासमा रहेको छ। यद्यपि, २०७५–७६ मा कम्पनीले ३१ प्रतिशत बोनस सेयर दिएको थियो भने २०७६–७७ मा १४ प्रतिशत बोनस सेयर दिएको थियो। यो कम्पनीले २०७७–७८ मा भने १५.७८९५ प्रतिशत नगद लाभांश दिएको छ।
यस्तो छ ७ वर्षको बोनस सेयरको इतिहास–
नेपाल लाइफ एउटा उदाहरणमात्रै हो। बजार रणनीति बनाउन सक्नेले अन्य कम्पनीहरुबाट पनि यसरी नै मनग्य कमाउन सफल भएका छन्। त्यसैले कम्पनीहरुको राम्ररी अध्ययन गर्ने र बजार रणनीति बनाउन सक्नेले बजारबाट कहिल्यै घाटा व्यहोर्नुपर्ने अवस्था आउँदैन।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago