 
                     
                                
                             
                                    काठमाण्डौ । यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
संसद सचिवालयकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि महराले प्रतिनिधिसभा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्षसमक्ष राजीनामा पत्र बुझाएका हुन्। आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ । ‘‘हिजो (सोमबार) देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु’’, राजीनामा पत्रमा उल्लेख छ ।
महराको राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने उल्लेख छ । महराले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । प्रतिनिधिसभा निर्वाचनमा महरा दाङ क्षेत्र नं. ३ बाट निर्वाचितका थिए।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महरालाई सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाव दिएको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19