काठमाण्डौ । चितवनको भरतपुरमा निमार्ण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ।
रंगशाला निमार्णाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
रंगशाला निर्माणमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए।
धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो।
'यसअघि पनि सिताराम कट्टेल धुर्मुस जीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ' थापाले थप्नुभयो,-'रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।'
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ।
रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ ।
मुख्य गेटको डिजाइन स्तुप रहनेछ । रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19